इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ २७हजार ७७२मतले निर्वाचित भएका छन्।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ  प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्। दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो।

कतारी अमिर शेख र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौँ -  नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ। कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशिय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र... Continue Reading →

उपनिर्वाचनको आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ - आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ।  निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ।  निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानाएको छ।  वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १... Continue Reading →

डोल्पामा डढेलोमा परी गम्भीर घाइते भएका तीनै जना बालकको मृत्यु

काठमाडौ - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका – ४ स्थित सामुदायिक वनमा डढेलोमा परेका तीनै बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै जना बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।  डढेलोमा परी गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न... Continue Reading →

भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा

काठमाडौ - काठमाडौंको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ। शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेटर राख्ने ठाउँमा आगलागी भएको र केही समय पछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगलागीबाट जेनेरेटरमा मात्रै क्षति पुगेको प्रहरीले जनाएको छ।

डढेलोमा परेर च्याउ टिप्न गएका तीन बालक गम्भीर घाइते

काठमाडौ - डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १०,१२ र १३ वर्षका बालकहरू घाइते भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका – ४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरू घाइते भएकाे डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा बिहीबार... Continue Reading →

फेवातालमा डुंगा दुर्घटना, एकको सकुशल उद्दार

काठमाडौ - फेवातालमा अचानक आएको हावाहुरीको कारण बोट पल्टिएर दुर्घटनामा परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ।  काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने २५ बर्षिय अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो।   फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी... Continue Reading →

अब त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो।  त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, "त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल... Continue Reading →

मेयर गोपाल हमालकी छोरी भेट्इन

काठमाडौं - धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी फेला परेकी छन् । जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन रहेको र खोजीमा सहयोग गरिदिन मेयर हमालले मंगलबार आग्रह गरेका थिए । मेयर हमालका अनुसार आरती भारतको गोवामा सकुशल फेला परेकी हुन् । गोवामै बस्दै आएकी उनी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएकी थिइन् । "सबैको खोजीको प्रयासले मेरी... Continue Reading →

सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन गृहमन्त्री लामिछानेको कांग्रेसलाई चुनौती

काठमाडौँ - गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन्। लामिछानेले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको बताएका छन्। गृहमन्त्री लामिछानेले भनेका... Continue Reading →

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अब सरकारको नाममा कायम

काठमाण्डौ - सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा अब  सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले तत्कालीन अबस्थामा च्याम्पियन फुटवेयरका नाममा गएर अहिले चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा अब सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल... Continue Reading →

शीर्षक :छोरी

आज सबैको मुहारमा  खुशी छाउने दिन म जन्मेको दिन यो धतीमा पहिलो पाइला टेकेको दिन पुणिमाको जून जस्तै झलमल्ल सबैको मुहार हिउँले ढाकेकाे हिमाल विहानीको किरणले हाँसेझै दन्तलहर एकाएक अाैँशीको रात जस्तै चकमन्न भो मेरो बाको मुहार जब हेर्नु भो बाले तेस्रो सन्तान छोरीको रूपमा बाको चहाना छोरा जन्माउने तर म जन्मे छोरीम जन्मेदेखी नै त्यागीएकी दविएकी कमजोर र लाचार जस्तो बाघको अघि हुन्छ... Continue Reading →

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नु नपर्ने देखियो  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नु नपर्ने देखिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्नु नपर्ने देखिएको प्रहरीको ब्रिफिङ रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले रवि लामिछानेको पार्टी सरकारमा आउने चर्चा चलेपछि यो विषयलाई... Continue Reading →

शालिन मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा अदालतमा दर्ता

काठमाडौँ । शालिन पोखरेल मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले बताए ।  पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो । शालिन... Continue Reading →

कविता : आमाको याद 

बविता रोकाया पीडा अनि विडम्वना बेग्लै छ आमा जिउने जीवन हिड्ने बाटो एकलै छ आमा  तिम्रो साथमा रहने मन धेरै थियो आमा  बाध्यता र परिस्थितिले छुटाइदियो आमा  रङगीचङगी सहरमा एक्लै छु आमा  छिटो फकी तिम्रो साथमा हुने आश गदैछु आमा 

रसुवामा भूकम्पको धक्का

Earthquake काठमाडौँ । रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । विहान ९ बजेर ४४ मिनेटमा भूकम्प गएको थियो । भुकम्पको तीक्ष्णता ४ म्याग्निच्युडको रहेको थियो ।

खेलको नाममा कनै मानव तस्करी गरेको पाए कारबाही गर्छु : खेलकुदमन्त्री

नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीको नाममा प्रशिक्षकहरुले मानव तस्करी गरेको सूचना पाएको बताएका छन् । उनले यस्तो गतिविधि अब कारबाहीको दायरामा आउने उनले बताए। शनिबार त्रिपुरेश्वरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप उद्घाटन गर्दै खेलकुद मन्त्री श्रेष्ठले खेलका लागि भनेर २०-२२ लाख लिएर अन्य मानिसहरुलाई विदेश पठाएको आफूले थाहा पाएको बताए ।... Continue Reading →

के अहिलेको सरकारले जनताको मन जिन्न सक्छ?

प्रचण्डले सोह्र महिनामा तीन पटक बिश्वासको मत लिनुभएको छ तर जनताको मन कहिले जित्नु भएको छैन। जनताको हितको लागि कुनै काम भएका  छैनन् । पाटी र आफ्नो परिवारको लागि मात्र काम गरेका छन्।

नयाँ गठबन्धन र सरकारबारे निर्णय गर्न जनमतको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता समीकरण र सरकारको बारेमा निर्णय गर्न डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पदाधिकारी बैठक बस्दैछ । नयाँ समीकरणमा जनमत पार्टी सहभागी हुने विषय हालसम्म टुङ्गो नलागेको सो पार्टीका उपाध्यक्ष अब्दुल खानले बताएका हुन् । 

पहिला तीतो, पछि मीठो

क्याम्प सुन्दर र सुरक्षित थियो। पुग्दो खानेकुरा थिए। उनीहरूको सुत्ने कोठा अलि गन्दे, ‍ओसिएको र चिसो भए पनि त्यो ठूलै थियो। हरेक युवतीले एउटा खाट र आफ्ना सामान राख्ने ठाउँ पाएका थिए। कोठाको भित्तामा एउटा गतिलै भ्वाङ परेको हुनाले पल्लो कोठाका मान्छे र हल्ला नछिरून् भनेर भ्वाङमा सिरानी कोच्नु परेको थियो। तथापि, उनीहरूलाई आफ्नो घरको... Continue Reading →

Blog at WordPress.com.

Up ↑